• शनिबार, साउन ९ २०८३

२ लाख नाघ्यो कोरोनाबाट ज्यान गुमाउनेको संख्या


आइतबार, बैशाख १४ २०७७
870
Shares

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ।

गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ६ हजार ६५ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या २ लाख ३ हजार १ सय ६२ पुगेको वल्र्डओमिटरले जनाएको छ। यो आइतबार बिहान सबा ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख १९ हजार ४ सय ६२ पुगेको छ। शनिबार मात्रै ९० हजार ६ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म ८ लाख ३६ हजार ६ सय १२ जना उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५४ हजार २ सय ५६ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार