• आइतबार, साउन २४ २०८३

चुमनुब्रीकाे लोक्पा पहिरोमा एक घाइतेकाे ४ दिनदेखि ओडारमा बास


शनिबार, असोज २२ २०७९
1.2K
Shares

गोरखा । चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोको बीचमा एक घाइते ४ दिनदेखि फँसिरहेका खुलेकाे छ ।

सुर्खेत घर भएका ३४ बर्षका दीपक जिसी लाेक्पा पहिरोका बीचमा गत बिहिबारबाट फँसिरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

छेकम्पारबाट फर्कँदै गरेका उनी पहिरोमा फँसेकाे लामाकाे भनाई छ ।

पहिराेबाट खसेकाे ढु‌गाले थिचेर खुट्टामा पहिराे चाेट लागेपछि उनि पहिराेकाे वीचमा फसेका थिए । त्यसपछि ढुंगामुनि ओडारमा लुकिरहेकाे अबस्थामा जिसी भेटिएकाे स्थानीय सेराप गुरुङ्गले बताए ।

उनको हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने भएकाले पहल भइरहेकाे गाउँपालिकाले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार