• आइतबार, साउन २४ २०८३

मनास्लुमा फसेका दुई विदेशीसहित ८ नेपालीको सेनाद्वारा उद्धार


शुक्रबार, असोज २१ २०७९
1.2K
Shares

गोरखा । मनास्लु हिमाल क्षेत्रमा बिहीबारदेखि फसेका दुई विदेशीसहित ८ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

मनास्लु क्षेत्रको न्याक गाउँमा गएको पहिरोका कारण फसेका दुई इजरायली नागरिक र ६ जना नेपालीलाई नेपाली सेनाले हेलिकोप्टरको सहयोगमा उद्धार गरेको हो। 

इजरायली नागरिकहरु ओरी ओरअफ र एरिफ बोर्ट रहेका छन्।

यस्तै नेपाली नागरिकहरु तेम्बा गोथे, हुतेम लामा भोटे, पासागं भोटे, पासागं तामागं, जनकराम राई र मिम्बा छिरिगं शेर्पालाई सेनाले उद्धार गरेर शुक्रबार साँझ काठमाडौं लगेको हो।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपाली सेनाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार