• आइतबार, साउन २४ २०८३

राजेश हमाल, रमेश प्रसाई सहितकाे उपस्थितीमा गोरखाका ३ पालिकामा दशैं मेला हुने


बुधबार, असोज १९ २०७९
1000
Shares

गोरखा । महानायक राजेश हमाल, रमेश प्रसाई लगायतकाे उपस्थितीमा गोरखाका ३ पालिकामा दशैं मेला हुने भएकाे छ ।

एक्रिटिभ मिडिया प्रालिकाे आयाेजनामा गोरखाकाे बारपाक सुलिकाेट, सिरानचाेक र अजिरकाेट गाउँपालिका गरी ३ स्थानमा दशैं मेला गर्न लागेकाे हाे ।

स्थानीय कला संस्कृतीकाे जगेर्ना गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित आयाेजना गरिएकाे कार्यक्रममा महानायक राजेश हमाल, पब्लिक स्पिकर सिजन दुई का विजेता रमेश प्रसाई, नेपाल आइडल सिजन दुईका विजेता रवि ओड, कलाकार तथा गायक पुष्पन प्रधान लगायतकाे सहभागिता रहने आयाेजक प्रालिका कार्यकारी अध्यक्ष हरि पाेखरेलले जानकारी दिए ।

असाेज २१ गते बारपाक, २२ गते सिरानचाेककाे चित्रेपाेखरी खेलमैदान र २३ गतगे अजिरकाेटकाे भच्चेक बजारमा आयाेजना हुने कार्यक्रममा अतिथी कलाकारकाे प्रस्तुतीसंगै विभिन्न मनाेरञ्जनात्मक कार्यक्रम समेत हुने अध्यक्ष पाेखरेलले बताए ।

जसमा विभिन्न लाेक दाेहाेरी, नृत्य, ग्रामिण संस्कृती, विकासका लागि विचार प्रस्तुतीकरण, वक्तृत्वकला, जाेडी दाैड, हाँडी फुटाई, म्युजिकल चियर, डाेरी तान्ने खेल, हाजिरी जवाफ प्रतियाेगिता लगायतका कार्यक्रम हुने उनकाे भनाई छ ।

तिन पालिकाका तिनै वटा कार्यक्रममा अतिथी कलाकारहरुकाे उपस्थिती रहेकाे आयाेजकले जनाएकाे छ ।

तिन स्थानमा गरी करिब ५० हजार नागरिककाे सहभागिता गराउने उदेश्यले आयाेजना गरिएकाे कार्यक्रमले स्थानीय संस्कृती, रहनसहन, भेषभुषा तथा पर्वहरुकाे महत्वलाई थप उजागर गर्ने र दाेस्राे पुस्तामा हस्तान्तरणमा सहयाेग पुग्ने आयाेजक एक्रिटिभ मिडिया प्रालिकाे विश्वास छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार