• आइतबार, साउन २४ २०८३

मनास्लु हिमपहिराेमा हराएका शेर्पा मृत भेटिए


सोमबार, असोज १७ २०७९
1.1K
Shares

गोरखा । उत्तरी गोरखामा पर्ने मनास्लु हिमालमा हिजाे गएकाे हिमपहिराेमा वेपत्ता भएका एक नेपाली आज मृत भेटिएका छन् ।

दोस्रो र तेस्रो आधार शिविरमा हिजाे आइतबार गएको हिमपहिरोमा परी सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।

आइतबारबाट हिमपहिराेमा हराएका शेर्पाकाे आज शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

उनकाे शव सिम्रिक एयरको हेलिकप्टरमार्फत सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए ।

मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ ।

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । उक्त हिमपहिरामा परी एक जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

साे समयमा हिमपहिरामा सङ्खुवासभाका अनुप राईकाे मृत्यु भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार