• आइतबार, साउन २४ २०८३

दाेस्राे दशैं कप भलिबलकाे उपाधी दमाैलीले जित्याे


आइतबार, असोज १६ २०७९
2.8K
Shares

माेहन गुरुङ, गोरखा । दाेस्राे दशैं कप भलिबलकाे उपाधी नमूना युवा क्लब दमाैलीले जितेकाे छ । गोरखाकाे अजिरकाेट गाउँपालिका ४ स्थित गोगनपानी युवा क्लबले आयोजना गरेकाे प्रतियाेगिताकाे उपाधी दमाैलीले जितेकाे हाे ।

असोज १४ गतेबाट १६ गतेसम्म सन्चालन भएको दोस्रो दशैं कप भलिबल प्रतियोगिताकाे पहिलो सेटमा नमुना युवा क्लब दमौलीले २५-२० ले जित्न सफल रहेको थियो । दोस्रो सेटमा गाेगनपानी युवा क्लबले २५-२३ ले र तेस्रो सेट २५-२० ले जितेको थियो ।

चाैथाे सेट नमुना युवा क्लबले २५-१४ जित्दै खेल २/२ को रोमाञ्चक बराबरीमा पुगेको थियो । पाचौं अर्थात अन्तिम निर्णायक सेटमा नमुना युवा क्लबले १५-६ ले हराउदै उपाधी जित्न सफल रह्यो ।

प्रथम दशैं कप भलिबल प्रतियोगिता २०७८ को फाइनलमा प्रतिस्पर्धा गरेको दुई टिम गोगनपानी युवा क्लब र नमुना युवा क्लब दमौली दोस्रो संस्करणको दशैं कपमा पुन दुवै टिम फाइनलमा उपाधिका लागि भिडेका थिए ।

प्रथम दशैं कपको हारको बदला लिदै दमाैलीले उपाधीसंगै नगद २५ हजार र साथमा ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल रह्यो भने घरेलु टाेली गाेगनपानी युवा क्लब उपबिजेतामा चित्त बुझाउनु पर्यो ।

उपबिजेता गोगनपानी युवा क्लबले नगद १५ हजारकाे साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगिता भरको सर्बोत्कृसठ खेलाडी बिजयी टिम नमुना युवा क्लबका इश्वर सुनारले नगद २ हजार ५ सयकाे साथमा ट्रफि प्राप्त गरेका छन् ।

क्लबका अध्यक्ष धनराज गुरुङकाे अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका कुल १५ टिमको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार