• आइतबार, साउन २४ २०८३

मनासलुमा पुन हिमपहिराे, एक नेपाली वेपत्ता


आइतबार, असोज १६ २०७९
765
Shares

गोरखा । मनास्लु हिमालमा पुन हिमपहिरो गएको छ । आज आइतबार दिउँसो करिब ३ बजेको आसपासमा मनासलुको एक र दुई नम्बर क्याम्पको वीचमा हिमपहिरो जादा एक जना नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिएका छन् ।

हिमपहिरोमा परि वेपत्ता हुनेमा सेभेनसमिट ट्रेक्स कम्पनीका एक नेपाली रहेको तर उनको पहिचान भने खुल्न बाँकी रहेको एसपी खनालले बताए ।

हिमपहिरो गएपछि दिउँसोदखि नै एभरेष्ट र सिम्रीक एयरको हेलिकोप्टरले उद्धार तथा खोजी कार्य गर्ने प्रयास गरेपनि सफल हुन नसकेको बताइएको छ ।

हाल एभरेष्टको हेलिकोप्टर गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोला र सिम्रीक एयरको हेलिकोप्टर चुमनुब्रीको सामागाउँमा होल्डमा राखिएको एसपी खनालले बताएका छन् । भोली पुन बेपत्ता भएकाको खोजी गरिने उनले बताए ।

गत सोमबार पनि मनासलुमा हिमपहिरो गएको थियो । जसमा गाइड अनुप राईको मृत्यु भएको थियो । सो दिन हिमपहिरोमा फसेका १० जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार