• आइतबार, साउन २४ २०८३

एजुकेसन सेन्टरमा बम विस्फोटमा परि १९ जनाको मृत्यु


शुक्रबार, असोज १४ २०७९
1K
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।

यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।

तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार