कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिको निश्कर्ष रहेको छ ।
वैशाख १५ गते लकडाउनको अवधि सकिनु अघि बस्ने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय गर्ने छ ।
समितिले आन्तरिक तथा वाह्य हवाई उडानमा लगाइएको रोक भने जेठको २ गतेसम्म बढाउने निर्णय गरेको छ ।