• आइतबार, साउन २४ २०८३

एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा


शुक्रबार, असोज १४ २०७९
785
Shares

चाडपर्वको अवसरमा एनसेलले आफ्ना ग्राहकको लागि‘होम एन्ड अवे डेटा प्याक’ अफर ल्याएको छ ।

दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहि सहन सक्छन् ।

ग्राहकले यो अफरमा कर सहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउँछन् ।

बिहीबारबाट सुरु भएको यो अफर प्रयोग गर्नको लागि *१७१२३*३०# डायल गर्न सक्छन् । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिन्छ । प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्न सक्छन् भने बाँकी ३० जीबीको अवे डेटा घर बाहिर प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 

यो अफर अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहनेछ । साभार : टेकपाना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार