• आइतबार, साउन २४ २०८३

इजाजत प्राप्त हातहतियार बुझाउन गोरखा प्रशासनको आग्रह


शुक्रबार, असोज १४ २०७९
1.1K
Shares

गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले इजाजत प्राप्त हातहतियार बुझाउन भनेको छ ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको हो ।

प्रशासकिय अधिकृत गणेश प्रसाद भटराईले शुक्रबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको छ ।

निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले कात्तिक ५ गते भित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार