• सोमबार, साउन ११ २०८३

थप ६३ जनामा कोरोना संक्रमण पुष्टि


शुक्रबार, असोज १४ २०७९
725
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३ जना निको भएका छन् । 

हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार