• आइतबार, साउन २४ २०८३

दशैंका अवसरमा उद्योग बाणिज्य संघ गोरखाद्धारा शुभकामना आदान प्रदान


शुक्रबार, असोज १४ २०७९
870
Shares

गोरखा । दशैं लगायत चाडपर्वका अवसर पारेर उद्योग बाणिज्य संघ गोरखाले शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघद्धारा बिहिवार संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चाडपर्वको अवसरमा चियापान र शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा सहभागीहरुले गोरखामा उद्योग भन्दा बाणिज्य ब्यवशाय धेरै हुँदा जिल्लाको पैसा बाहिर गएको बताएका थिए । उद्योगी ब्यापारी ब्यवशायीलाई गोरखामा उद्योग स्थापना गर्न, यहाँ उत्पादन बढाउन र रोजगारीको अवसर सिर्जना गर्नमा बक्ताहरुले जोड दिए ।

पर्यटन क्षेत्रको बिकासले गोरखाको समग्र बिकास संभव भएको बताउँदै यसमा ब्यापारी ब्यवशायी लाग्नुपर्ने अधिकासंको भनाई थियो ।

उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा, नगरप्रमुख कृष्णबहादुर राना, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेकपा एमालेका केन्द्रिय सदस्य सम्झना देवकोटा, नेपाली कांग्रेसका महासमिति सदस्य राजनराज पन्त, माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष यादब बस्नेत, नेपाल समाजवादीका उपाध्यक्ष पूर्णमाया वन्त उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जिबनज्योती श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्के लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार