• आइतबार, साउन २४ २०८३

पत्रकार महासंघ गोरखाको भबन निर्माणका लागि शहिदलखनद्धारा २ लाख सहयोग


शुक्रबार, असोज १४ २०७९
865
Shares

गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि शहिदलखन गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले सामाजिक काममा योगदान गर्नु स्थानीय सरकारको पनि दायित्व भएकाले कार्यपालिकाको सबै टिम र कर्मचारीहरु यस्ता काममा एकजुट हुने गरेको बताए ।

उनले राम्रा काममको प्रचार प्रसार र कमजोरीलाई सुधार गर्ने गरी पत्रकारहरुले भुमिका खेलिदिएमा सहज हुने बताए । सोही क्रममा मानव सेवा आश्रमलाई दशैँ खर्च एक लाख र गोरखक्षनाथ वैद्धिक गुरुकुललाई ५० हजार नगद हस्तान्तरण गरिएको थियो ।

पत्रकार महासंघ गोरखाले गोरखा नगरपालिका ८ आलेगाउँमा भबन निर्माण गरिरहेको छ । भबन निर्माण पुरा गर्न चालु वर्ष सबै स्थानीय तह सँग सहयोग मागिएको अध्यक्ष नरहरि सापकोटाले बताए । अहिले पत्रकार महासंघको कार्यालय जिल्ला प्रशासन कार्यालयसँगै गोरखा नगरपालिकाले उपलब्ध गराएको भबनबाट संचालन हुँदै आएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, शहिदलखन ७ काे वडा अध्यक्ष शरण श्रेष्ठ, गोरखा नगरपालिका ८ का अध्यक्ष ऋषि खत्री, लेखा अधिकृत सन्तोष लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार