• आइतबार, साउन २४ २०८३

ऐतिहासिक फिल्म ‘नालापानी’ को ट्रेलर सार्वजनिक (भिडिओ)


शुक्रबार, असोज १४ २०७९
665
Shares

रिमेश अधिकारीले निर्देशन गरेको ऐतिहासिक फिल्म ‘नालापानी’ को ट्रेलर सार्वजनिक भएको छ। 

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा नेपाल र अंग्रेजबीच नालापानीमा भएको युद्धलाई देखाइएको छ। 

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण गरिएको हो।

फिल्म प्राचार्य रामराजा कुँवर र प्राडा. धनबहादुर कुँवरले लिखित ‘वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ। फिल्मको कथा निर्देशक अधिकारी र कृष्ण आचार्यले तयार पारेका हुन्।

मनोज शाक्यको लगानी रहेको फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, जनक बर्तौला, सुशिल खड्का, हिक्मत थपलिया, गीता अधिकारी, देव गुरुङ, गीत विष्ट, विराज थपलिया, अल्पना कर्माचार्य, सरिता राजोध्याय, युग जंग कार्की, विशाल पहारी, विजय विष्फोट, इसान विजु श्रेष्ठ, महाविर विश्वकर्मालगायत कलाकारको अभिनय छ।

रामशरण उप्रेतीले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन्।

यो फिल्म तिहारको अवसर पारेर कार्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार