• शुक्रबार, भाद्र २६ २०८३

हालसम्मकै सबैभन्दा महँगो भएको अमेरिकी डलर एक सातामा कति बढ्यो?


शुक्रबार, असोज १४ २०७९
785
Shares

अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। 

डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ।

अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो।

पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारू कमजोर भइरहेको हो।

डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र होइन विश्व बजारमा डलर बलियो हुँदै गएको छ। डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यो साता नेपाली बजारमा डलरको भाउ १ रूपैयाँ ३९ पैसाले बढेको छ। अर्थात साताको पहिलो दिन आइतबार १२९ रूपैयाँ ८९ पैसा खरिददर रहेको अमेरिकी डलर साताको अन्तिम दिन अर्थात शुक्रबार आज १३१ रूपैयाँ २८ पैसा पुगेको छ।

शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलर खरिद गर्न १३१ रुपैयाँ २८ पैसा खर्चनुपर्छ।

यो हिजोको तुलनामा केही सस्तो हो। हिजो बिहीबार सबैभन्दा बढी १३१ रूपैयाँ ४१ पैसा पुगेको थियो। 

हेर्नुहोस् यो साता अमेरिकी डलर को विनियम दर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार