
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।


