• शुक्रबार, भाद्र २६ २०८३

मेलाको एघारौं दिन आज सिम्रन आले, सिला आले, प्रेम अर्याल आउदै


शुक्रबार, असोज १४ २०७९
845
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको आज एघारौं दिन बिभिन्न पप,लोक तथा दोहोरीका कलाकार आउने हरमटारी क्लबले जनाएको छ ।

हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको आज एघारौं दिन पप गायिका सिम्रन आले मगर लोक तथा दोहोरी गायीका सिला आले, माया गुरुङ गायक गणेश गुरुङ, प्रेम अर्यालको प्रस्तुति रहने क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।

मेलामा करिव २५ सय भन्दा बढि दर्शकहरुले मेलाको अवलोकन गर्न आउने छन । त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु बाल उद्यान र फेन्सि स्टलहरुमा अवलोकन गर्नुका साथै बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रमको मनोरञ्जन लिन सक्ने मेला संयोजक आशिस श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइने क्लबले जनाएको छ । मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबले जनाएको छ ।

मेला असोज १५ गतेसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार