• शनिबार, कार्तिक ८ २०८३

गोरखकाली मेलाको दसौ दिन चारहजार दर्शक


शुक्रबार, असोज १४ २०७९
960
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको नवौं दिनमा करिव ४ हजार दर्शकले अवलोकन गरेका छन् ।

हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको नवौं दिनमा लोक तथा दोहोरी गायीका ज्याेती मगर, सबिना बुडा मगर गायक सन्जय गुरुङ पप गायीका एलिना चौहान गायक रबी रीमालको प्रस्तुति रहेको थियो ।

मेलाको दिन बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम भएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।

त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु अवलोकन र तिनका परिकारहरुको स्वाद लिनमा व्यस्त देखिन्थे भने बाल उद्यान र फेन्सि स्टलहरुमा पनि दर्शकहरुको भिडभाड बाक्लो रहेको थियो ।

त्यस्तै मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइने मेला संयोजक आशिष श्रेष्ठले जानकारी दिए। मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबले जनाएको छ ।

मेला असोज १५ गतेसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार