• आइतबार, साउन २४ २०८३

मेलाको दसौ दिन आज ज्योति मगर, एलिना चौहान, रबी रिमाल आउदै


बिहिबार, असोज १३ २०७९
1.2K
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको आज दसौ दिन बिभिन्न पप,लोक तथा दोहोरीका कलाकार आउने हरमटारी क्लबले जनाएको छ ।

हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको आज नवौं दिन लोक तथा दोहोरी गायीका जोती मगर, सबिना बुडा मगर गायक सन्जय गुरुङ पप गायीका एलिना चौहान गायक रबी रीमालको प्रस्तुति रहने मेला संयोजक आशिस श्रेष्ठले जानकारी दिए ।

मेलामा करिव ४ हजार दर्शकहरुले मेलाको अवलोकन गर्न आउने छन । त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु बाल उद्यान र फेन्सि स्टलहरुमा अवलोकन गर्नुका साथै बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रमको मनोरञ्जन लिन सक्ने महासचिव ढकालले बताए ।

त्यस्तै मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइने मेला संयोजक आशिष श्रेष्ठले जानकारी दिए। मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार