कोरोना भाइरसकाे संक्रमण भएपछि चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षका युवक निकाे भएका छन्।
उनको लगातार दुईपटक (२४ घण्टाको फरकमा) नमुना परीक्षणको नतिजा नेगेटिभ अर्थात् कोरोना भाइरस नरहेको आएकाे अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमण भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा उनीसहित उनैका ६३ वर्षीया आमा आइसोलेसनमा छन्।
गत चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका-८ ब्रह्मनगरका ती आमा-छोरामा गत शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।