• शुक्रबार, भाद्र २६ २०८३

गोरखकाली मेलाको नवौं दिन चारहजार दर्शक


बिहिबार, असोज १३ २०७९
1K
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको नवौं दिनमा करिव ४ हजार दर्शकले अवलोकन गरेका छन् ।

हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको नवौं दिनमा लोक तथा दोहोरी गाएक राम्जी खाड, सुमन परियार गायिका मेलिना राई, सरिता कार्की, नानु गुरुङको प्रस्तुति रहेको थियो ।

मेलाको दिन बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम भएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।

त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु अवलोकन र तिनका परिकारहरुको स्वाद लिनमा व्यस्त देखिन्थे भने बाल उद्यान र फेन्सि स्टलहरुमा पनि दर्शकहरुको भिडभाड बाक्लो रहेको थियो ।

त्यस्तै मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइने मेला संयोजक आशिष श्रेष्ठले जानकारी दिए। मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार