• सोमबार, साउन ११ २०८३

देशभर ३८ जना थपिए कोरोना संक्रमित


बुधबार, असोज १२ २०७९
680
Shares

पछिल्लो २४ घन्टामा देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार २८४ जनाको पिसिआर र एक हजार ५३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ११२२ जना सक्रिय संक्रमित छन्।

५२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार