• आइतबार, साउन २४ २०८३

अमेरिकी चर्चित स्की पर्वतारोही हिलारी मनास्लु हिमालमा मृत फेला


बुधबार, असोज १२ २०७९
1.1K
Shares

अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्।

गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन्। स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन्।

सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सनको मनास्लु आरोहणमा गएकी थिइन्। सांग्रिला नेपाल ट्रेकका प्रमुख जीवन घिमिरेले बुधबार बिहान नेल्सनको शव फेला परेको जानकारी दिए।

सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।

नेल्सन दुई दशकदेखि स्की पर्वतारोहणमा संलग्न थिइन्। विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी थिइन्।

तस्विर : साँकेतिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार