• आइतबार, साउन २४ २०८३

गोरखकाली मेलाको आठौं दिन तीनहजार दर्शक


बुधबार, असोज १२ २०७९
755
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको आठौं दिनमा करिव तीनहजार दर्शकले अवलोकन गरेका छन् ।

हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको आठौं दिनमा र्यापर बाबु बिलिभर, लोक तथा दोहोरी गाएक रबिन लामिछाने, सर्मीला गुरुङ, रेस्मा तामाङ, राजेन्द्र नेपाली (लट्टे) को प्रस्तुति रहेको थियो ।

मेलामा नगरपालिका स्तरीय रत्यौली प्रतियोगीता र हरमटारी क्लबको कन्र्सट भएको मेला संयोजक आशिस श्रेष्ठले जानकारी दिए । नगरपालिका स्तरीय रत्यौली प्रतियोगीतामा १० वटा समुहले सहभागीता जनाएको थियो ।

उक्त प्रतियोगीतामा रमाइलो महिला समुह पहिलो, सुभारम्भ उद्यमी महिला समुह दोस्रो, सुभकामना महिला समुहले तेस्रो स्थान हासील गरेका हुन्। त्यस्तै जलदेबी महिला समुह र आपस्वारा महिला समुहले सान्तव्ना स्थान हासील गरेका थिए ।

पहिलो, दोस्रो, तेस्रो स्थान हासील गर्नेलाई क्रमश १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्र दिएको हो भने सान्त्वना हुनेलाई दुई-दुई हजार र प्रमाणपत्र दिएको क्लबले जनाएको छ ।

मेलामा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम भएको महासचिव ढकालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार