गोरखा । हरमटारी क्लब गोरखाले आयोजना गरेको तेस्रो गोरखकाली मेलाको आठौं दिनमा नगरपालिका स्तरीय रत्यौली प्रतियोगीता भएको छ ।
प्रतियोगीतामा रमाइलो महिला समुह पहिलो भएको क्लबका महासचिब किरण ढकालले जानकारी दिए ।
१० वटा समुहले सहभागीता जनाएको उक्त प्रतियोगितामा सुभारम्भ उद्यमी महिला समुह दोस्रो, सुभकामना महिला समुहले तेस्रो स्थान हासील गरेको हुन् । भने जलदेवी महिला समुह र आपस्वारा महिला समुहले सान्तव्ना स्थान हासील गरेका थिए ।
पहिलो, दोस्रो, तेस्रो स्थान हासील गर्नेलाई क्रमश १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्र दिएको हो भने सान्त्वना हुनेलाई दुई दुई हजार र प्रमाणपत्र दिएको क्लबले जनाएको छ ।