• शनिबार, साउन ९ २०८३

मुस्लिम आयाेगले भन्याे : रमजानमा घरमै बसेर नमाज पढ्नुस्


शनिबार, बैशाख १३ २०७७
1.3K
Shares

इस्लाम धर्मालम्बीहरूको रमजान पर्व सुरु भएको छ । आज शनिबारदेखि सुरु भएको यो पर्वमा इस्लाम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बस्ने चलन छ ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो ।

यसै सन्दर्भमा यस मुस्लिम आयाेगले घरमै बसेर धार्मिक कार्य गर्न समुदायलाइ आह्वान गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मस्जिदमा गएर दैनिक ५ समयकाे नमाज र तराविह साथै कुरान पढ्नुपर्ने भएपनि कोरोना भाइरसको रोकथामको लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै पढ्नको लागि सबैसँग आग्रह गरे ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार