• आइतबार, साउन २४ २०८३

महिला उद्यमी संघ गोरखाको सचिवालय उद्घाटन


बुधबार, असोज १२ २०७९
880
Shares

गोरखा । महिला उद्यमी संघ गोरखाको सचिवालय उद्घाटन भएको छ ।

गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानाले बुधवार एक कार्यक्रमकाबीच हरमटारीमा संघको सचिवालय उद्घाटन गरेका हुन ।

महिलाकाे क्षमता विकाससंगै उद्यमी बनाउन भुमिका खेल्दै आएकाे संघले आफ्नाे कार्यसम्पादनलाई प्रभावकारी र ब्यवस्थित बनाउन सचिवालयकाे स्थापना गरिएकाे संघकी सचिव सृजना पाण्डेले जानकारी दिइन् ।

सचिवालय उद्घाटनसंगै संघले नजिकिदै गरेकाे दशैं लगायत चाडपर्वकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेकाे छ ।

महिला उद्यमी संध गोरखाका अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाको नगर प्रमुख राना, उपप्रमुख मसली माया थोकर (सपना पुन), निवर्तमान उपप्रमुख विनाकुमारी श्रेष्ठ, उधोग बाणिज्य सघं गोरखाको अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नेकपा एसका अध्यक्ष यादब बस्नेत, नेपाल पत्रकार महासघं गोरखाको अध्यक्ष नरहरी सापकोटा, लायन्स क्लब अफ गोरखा कालिकाका अध्यक्ष मिनादेवी श्रेष्ठ, महिला उद्यमी संध गोरखाकाे कोषाध्यक्ष सारदा खत्री लगायतले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार