
गोरखा । दशैं लगायत चाडपर्वका अवसर पारेर नेपाल बुद्धिजीवी परिषद् गोरखाले चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदद्धारा बुधवार सदरमुकाम स्थित एमाले पार्टि कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चाडपर्वको अवसरमा चियापान र शुभकामना आदानप्रदान गरेको हो ।
परिषदका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सङगठन बिभाग सचिव सम्झना देवकोटाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा अखिल नेपाल महिला सघं जिल्ला अध्यक्ष पार्बती पाठक, युवा संघका केन्द्रिय सदस्य खिल बहादुर राना, एमाले गोरखाको नगर कमिटि अध्यक्ष देवी वस्नेत, राष्ट्रिय शिक्षक संगठन गोरखाका अध्यक्ष राजन कट्टेल, गोरखा चेम्बर अफ कर्मशका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासघं गोरखाको अध्यक्ष नरहरी सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


