• आइतबार, साउन २४ २०८३

स्यामचेत पहिराेबाट विस्थापित परिवारकाे पुनर्स्थापनामा सघाउँदै स्वाँरा सघन


बुधबार, असोज १२ २०७९
840
Shares

गोरखा । पहिराेबाट विस्थापित बनेका स्यामचेतका २८ परिवारलाई श्री स्वाँरा सघन गाउँ विकास केन्द्रले पुनर्स्थापनामा सघाएकाे छ ।

आरुघाट गाउँपालिका १ काे मान्बुस्थित स्यामचेत गाउँमा गत असार २९ गते गएकाे पहिराेले २८ घर पूर्ण रुपमा विस्थपित बनेका थिए ।

पहिराेमा परि घरविहिन बनेका उनिहरुलाई संस्थाले १ लाख ४७ हजार बराबरकाे सामाग्री प्रदान गरी घर पुनर्निमाणमा सघाएकाे हाे ।

स्यामचेत पहिराेबाट विस्थापित बनेका २८ मध्ये १८ परिवारले पेल्चेतमा र १० परिवारलाई गाम्लिङ्गमा घर निर्माण गरिरहेका छन् ।

गत असार २९ गतेकाे पहिराेपश्चात छिमेकीकाे घर र अस्थायी टहरामा आश्रय लिई बसिरहेका उनिहरुलाई सिआरएससंगकाे साझेदारीमा सञ्चालित काेभिड १९ आपतकालिन प्रतिकार्य तथा पुनर्लाभ परियाेजना मार्फत स्वाँरा सघनले घर निर्माणमा सहयाेग गरेकाे कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिए ।

दुई काेठासहित भाञ्छा र शाैचालय निर्माण गर्ने गरी डिजाइन गरिएकाे २८ घरमा संस्थाले रड, सिमेन्ट, जस्तापाता लगायत शाैचालय निर्माणका सामाग्री र घरघरमा खानेपानी धाराका लागि आवस्यक सामाग्री सहयाेग गरेकाे कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

साे सामााग्री स्वाँरा सघनले घर निर्माण स्थलसम्म ढुवानी समेत गरिदिएकाे संस्थाका कार्यक्रम संयाेजक द्रोणचार्य तिमिल्सिनाले बताए । घर भूकम्पप्रतिराेधी बन्ने बताइएकाे छ ।

त्यस्तै संस्थाले विस्थापितलाई घर निर्माणपूर्व साेलार लाइट समेत सहयाेग गरेकाे छ । घर पुनर्निमाण नसकिएकाले अस्थायी टहरा तथा छिमेकीकाे घरमा शरण लिइरहदा रातकाे समयमा सहज हाेस भन्ने उदेश्यले २८ परिवारलाई नै दुई दुई सेटका दरले साेलार लाइट प्रदान गरिएकाे उनले बताए ।

साेलार लाइट घरघरमा पुगेर जिल्ला समन्वय समितीका प्रमुख माेहन बहादुर थापा, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्ग, जिल्ला समन्वय समितीका उपप्रमुख लिला परियार लगायतकाे टाेलीले पिडितलाई हस्तान्तरण गरेकाे संयाेजक तिमिल्सिनाले जानकारी दिए ।

स्यामचेत गाउँ आगामी दिनमा समेत बसाेबास गर्न याेग्य नरहेकाे भुगर्भविदले बताएपछि उनिहरुले छिमेकी गाउँमा आफै जग्गा ब्यवस्थापन गरि केहि समयअघिदेखि घर निर्माणकाे प्रकृया थालेका थिए ।

साे प्रकृयामा स्वाँरा सघनले सहयाेग गरेपनि साे रकम प्रयाप्त नरहेकाे विस्थापित मध्येका एक राजबहादुर लामाले बताए ।

यता पहिराे विस्थापितलाई सरकारले समेत घर बनाउन ४ लाख रुपैया सहयाेग गर्ने तयारी रहेपनि क्षती लगायतकाे विषय छानविनका क्रममा रहेकाले केहि समय अझै लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय गोरखाका श्याम सुन्दर ढकालले बताए ।

विस्थापितकाे पछिल्लाे अवस्थाका बारे जिल्ला समन्वय समितीका प्रमुख थापासहित स्थानीय जनप्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल, स्वाँरा सघन, सिआरएस, पत्रकार लगायतकाे टाेलीले स्थलगत निरिक्षण समेत गरेकाे छ ।

पहिराे गए लगत्तै आरुघाट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, रेडक्रश गोरखा लगायतले प्रभावितलाई खाद्धान्न लगायत अस्थायी बसाेवास प्रवन्धका लागि विभिन्न सहयाेग गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार