• आइतबार, साउन २४ २०८३

ब्याकअपमा राखेको गुगल फोटोजका फोटो तथा भिडिओमा समस्या


मंगलबार, असोज ११ २०७९
1.2K
Shares

केही दिनदेखि एन्ड्रोइड प्रयोगकर्ताले गुगल फोटोको ब्याकअपमा राखेको फोटो तथा भिडिओहरूको गुणस्तर घटेको तथा ओपन नै नहुने समस्या आएको गुनासो पोखिरहेका छन् ।

ब्याकअपमा भएका फोटो तथा भिडिओ नखुल्ने, ब्लर आउने, स्पस्ट नदिने, लोड हुन धेरै समय लाग्नेजस्ता समस्याहरू देखिएको गुनासा आउन थालेका छन् । 

एन्ड्रोइडमा मात्र नभई आईओएस तथा वेब भर्सनका गुगल फोटोमा पनि यस्ताे समस्या देखिएको छ ।

फोटो तथा भिडिओ डाउनलोड गर्दा गुणस्तर घटेर सेभ हुने समस्या देखिएको छ । यो समस्या ब्याकअपमा भएको सामग्रीमा मात्र देखिएको हो । 

यसबाट प्रभावित हुने प्रयोगकर्ताको संख्या धेरै रहेको अनुमान गरिएको छ । यद्यपि कम्पनीले भने यस विषयमा केही आधिकारिक धारणा दिएको छैन । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार