• आइतबार, साउन २४ २०८३

दशैंमा तरलता व्यवस्थापन गर्न खुला बजार कारोबार विनियमावली संशोधन गर्दै राष्ट्र बैंक


मंगलबार, असोज ११ २०७९
715
Shares

दशैं बिदामा बैंकिङ प्रणालीमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली २०७८ संशोधन गर्ने भएको छ ।

यो वर्ष दशैंमा शनिबार समेत लगातार ८ दिन सार्वजनिक बिदा रहेको छ । उक्त अवधिमा बैंकिङ प्रणालीमा तरलताका कारण आउनसक्ने समस्यालाई मध्यनजर गर्दै विनियमावली संशोधन मार्फत स्थायी तरलता सुविधा (एसएलएफ) को अवधि बढाउन लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको खुला बजार कारोबार स्थिरिकरण कोषको व्यवस्था गर्ने गरी विनियमावलीमा समावेश गर्ने तयारी गरेको छ । ‘ तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।

यस्तै दैनिक तरलता सुविधालाई ओभरनाइट बनाउने बताएको केन्द्रीय बैंकले स्थायी तरलता सुविधा सरकारी ऋणपत्रको धितोमा बैंकहरुले लिंदै आएकोमा त्यसमा कडाइ गरेर अघिल्लो साताको अन्त्यमा कायम स्वदेशी निक्षेपको १ प्रतिशत मात्रै दिने व्यवस्था मौद्रिक नीतिमा गर्‍यो । यस्तै एलएलएफको अवधि पनि ७ दिनबाट घटाएर ५ दिनमा झार्ने निर्णय गरेको छ ।

उक्त व्यवस्था कार्यान्वयनमा गइसकेको छैन । सोही व्यवस्थालाई कार्यान्वयन विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने मौद्रिक नीतिमा उल्लेख थियो । त्यसलाई कार्यान्वयन गर्नेगरी संशोधन हुन लागेको विनियमावलीले दशैंमा तरलता व्यवस्थापन गर्नेबाट पनि खोल्ने राष्ट्र बैंकले जनाएको छ । हाल ७ दिनको एसलएलएफ सुविधा भएपनि दशैंमा शनिबार समेत लगातार ८ दिन बिदा रहेको छ । जसले गर्दा केन्द्रीय बैंक दशैं अगाडि नै हतारमा विनियमावली संशोधनमा जुटेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार