• आइतबार, साउन २४ २०८३

मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण


मंगलबार, असोज ११ २०७९
780
Shares

dgsfdgfdf bz{gfyL{sf] eL8 a8fbz}FcGtu{t dxfci7dLsf cj;/df uf]/vfsf] dgsfdgf dlGb/df a'waf/ bz{gfyL{sf] eL8 . t:jL/ M bLks >]i7, uf]/vf, /f;;

गोरखा । भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ ।

मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरे ।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिए । उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे ।

हाल रहेको सत्तलको तेस्रो तल्लामा परेवा घर र मनकामना क्षेत्र बिकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ । नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा समितिको कार्यालय सञ्चालन गरिने उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार