• आइतबार, साउन २४ २०८३

मनासलु हिमपहिरोमा परेर पुरिएका १३ जनाकै उद्धार


मंगलबार, असोज ११ २०७९
1.8K
Shares

गोरखा । मनासलु हिमालमा गएको हिउँ पहिरोमा परेर घाइते भएका सबैको उद्धार गरिएको छ ।

सोमवार दिउसो गएको हिउँ पहिरोमा परेर घाइते भएका १३ जनाकै मंगलबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सोमबार दिउसो हिमपहिरो जाँदा मनास्लु आरोहीका लागि आत्यावश्यकीय सामग्री ओसार्दै गरेका १३ जना सहयोगीहरु पुरिएका थिए । उनीहरुमध्ये एकजनाको मृत्यू भएको र १२ जना घाइते भएको भएको थियो । दुई जनाको हिजै उद्धार गरिएको र १० जनालाई बिहान हेलिकोप्टरबाट उद्धार गरेर सामागाउँसम्म ल्याइएको एसपी केदार खनालले बताए ।

संखुवासभाका ४० वर्षीय निमा दोर्जे शेर्पा, संखुवासभाकै २५ वर्षका दावा शेर्पा, दोलखाका ४० वर्षीय फुरिता शेर्पा, दोलखाकै ३७ वर्षका लाक्पा तामाङलाई मंगलबार बिहान काठमाडौं लगिएको हो । उनीहरुमध्ये निमा दोर्जे शेर्पा गम्भीर घाइते छन् । उद्धारका लागि सिम्रिक एयर, हेली एभरेस्ट र कैलाश एयरका तीन हेलिकोप्टरहरु परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार