• आइतबार, साउन २४ २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


मंगलबार, असोज ११ २०७९
585
Shares

नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ४ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार तेजावी सुन प्रतितोलामा ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य मंगलबार १० रुपैयाँले घटेको छ।

आज चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार