• शुक्रबार, भाद्र २६ २०८३

मेलाको आठौं दिन आज रबिन लामिछाने, सर्मीला गुरुङ, लट्टे, बाबु बिलिभर आउदै


मंगलबार, असोज ११ २०७९
845
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको आज आठौं दिन बिभिन्न र्यापर, कमेडीयन, लोक तथा दोहोरीका कलाकार आउने हरमटारी क्लबले जनाएको छ ।

हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलामा आज आठौं दिन र्यापर बाबु बिलिभर, लोक तथा दोहोरी गाएक रबिन लामिछाने,सर्मीला गुरुङ, रेस्मा तामाङ, राजेन्द्र नेपाली ( लट्टे ) को प्रस्तुति रहने क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।

मेलाको दिन करिव ४ हजार दर्शकहरुले मेलाको अवलोकन गर्न आउने छन ।

नगरपालिका स्तरीय रत्यौली प्रतियोगीता र हरमटारी क्लबको कन्र्सट हुने क्लबका महासचिव किरण ढकालले जानकारी दिए । त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु बाल उद्यान र फेन्सि स्टलहरुमा अवलोकन गर्नुका साथै बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रमको मनोरञ्जन लिन सक्ने महासचिव ढकालले बताए ।

त्यस्तै मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइने मेला संयोजक आशिष श्रेष्ठले जानकारी दिए। मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार