गोरखा । तेस्रो गोरखकाली मेलाको सातौं दिनमा करिव दुई दर्शकले अवलोकन गरेका छन् ।
हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको सातौं दिनमा लोक दोहोरी गायक सागर आले, बिष्णर खत्री, रञ्जीत परियार, पिएन सापकोटा गायिका सम्झना लामिछाने मगर, निसा गुरुङको प्रस्तुति रहेको थियो ।
मेलाको सातौं दिन बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम भएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए । त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु अवलोकन र तिनका परिकारहरुको स्वाद लिनमा व्यस्त देखिन्थे भने बाल उद्यान र फेन्सि स्टलहरुमा पनि दर्शकहरुको भिडभाड बाक्लो रहेको थियो ।
मेलामा निसुल्क कृषी परामर्ष, औद्योगिक प्रदर्शनी, खाना महोत्वस, घरेलु उधोगका सामग्रीहरु, विभिन्न जातीय भेषभुषा प्रदर्शनका कार्यक्रमहरु भएको क्लबले जनाएको छ ।
मेलामा चुमनुब्री गाउपालीकाको प्रोकमा उत्पादन भएको चुमनुब्री स्याउ र मुस्ताङको स्याउ पनि रहेको छ । चुमनुब्रीका लाक्पा डुण्डुप लामाले गोल्डेन र रेड डेरी सेस गरी २ प्रजातिका स्याउ प्रदर्शनी साथै बिक्रीमा राखेका छन् ।
मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबले जनाएको छ । मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइन्छ ।
आज मेलाको आठौं दिन लोक तथा दोहोरी गायक रबिन लामिछाने, गायिका सर्मीला गुरुङ, रेस्मा तामाङ, कमेडीयन राजेन्द्र नेपाली ( लट्टे ), र्यापर बाबु बिलिभर, आउनुको साथै नगरपालिका स्तरीय रत्यौली प्रतियोगीता र हरमटारी क्लबको कन्सर्ट हुने क्लबले जनाएको छ ।
