गोरखा । वहुगाेत्री मिलन समाज गोरखाले वडादशै तथा दिपावलीकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
संस्थाले साेमबार सदरमुकाममा एक कार्यक्रमकाे आयाेजना गरी चाडपर्वकाे अवसरमा चियापान र शुभकामना आदानप्रदान गरेकाे सचिव राजन ढुंगानाले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष सानुमाया खड्काे अध्यक्षतामा भएकाे कार्यक्रममा राेटरी क्लब अफ गोरखाका अध्यक्ष कृष्ण ढकाल, पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनी प्रालीका गोरखा संयाेजक राम प्रसाद भट्ट, संस्थाका सल्लाहकार ऋृषिराम देवकाेटा, काेषाध्यक्ष सराेज पाेखरेल, सदस्य प्रदिपसिंह क्षेत्री, वेद प्रसाद ढकाल लगायतले शुभाकमना मन्तब्य राखेका थिए ।