गोरखा । गोरखा सदरमुकाममा स्थित कुमारी बैंकको एटिएम मेसिनमा ताेडफोड भएकाे छ । गोरखा बजारकाे हरमटारी स्थित जिल्ला प्रहरी कार्यालय जाने चाेकमै रहेकाे बैंककाे एटिएम गएराती तोडफोड भएकाे अवस्थामा भेटिएकाे हाे ।
बैंक रहेकाे भवनकाे भुई तलामा पछाडीपट्टी भर्याङ्गसंगै रहेकाे एटिएम रुपमा छिरेर अज्ञात ब्यक्तिले एटिएम फोरेकाे अवस्थामा बिहान बैंकका गार्डले देखेपछि प्रहरीलाई खबर गरेकाे थिए । साे पश्चात घटनास्थल पुगेकाे प्रहरीले अनुसान्धन गरिररहेकाे डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार एटिएमबाट पैसा हराएको, नहराएको बारेपनि एकिन भई सकेकाे छैन । हाल घटनाका बारे प्रहरीले अनुसन्धान गरिरहेकाे र बैंकले समेत पाेखराबाट एटिएम सम्बन्धी विज्ञ टाेली झिकाएकाे बताएकाे छ ।
पैसा चोर्ने उद्देश्यले मेसिन एटिएम मेसिन तोडफोड भएको हुनसक्ने अनुमाान प्रहरीको छ । एटिएम रुम भित्र रहेकाे सिसिटिभीमा चुइगम टाँसेर एटिएम मेसिन फुटाएकाे प्रहरीले जनाएकाे छ ।