• आइतबार, साउन २४ २०८३

मनासलु हिमपहिराेमा परेका मध्ये २ जना एक नम्बर बेसक्याम्पकाे सम्पर्कमा !


सोमबार, असोज १० २०७९
685
Shares

गोरखा । आज बिहान करिब १२ बजे गएको हिमपहिरोबाट बेपत्ता भएका मध्ये २ जनाको कैलाश एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाण्डौ लगिएको छ ।

उद्धार हुनेमा दोलखा गौरीशंकर गाउँपालिका ५ का ४४ बर्षिय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका १ का २७ बर्षिय सुकु बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिएका छन् ।

उनिहरुको मनासलुको ३ र ४ नम्बरको बेसक्याम्पविचबाट उद्धार गरिएको बताइएको छ ।

त्यस्तै बेपत्ता भएका मध्ये २ जना समेत १ नम्बर बेसक्याम्पमा आइपुगेको अपुष्ट खबर प्रहरीले दिएको छ ।

गोरखाका एसपी खनालका अनुसार २ जना १ नम्बर बेस क्याम्पमा आइपुगेको भन्ने जानकारी आएको तर कुनै तरिकाबाट सम्पर्क नभएकाले पुष्टि हुन भने बाँकी रहेको छ ।

बिहान गएको हिमपहिरोका कारण १५ जना भन्दा बढी प्रवतारोही वेपत्ता छन् । हाल गोरखाको सामागाउँमा १ र धर्मशालामा १ गरी २ हेलिकोप्टर तयारी अवस्थामा रहेपनि मौसमका कारण उद्धारमा कठिनाई भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार