• आइतबार, साउन २४ २०८३

हिमपहिरो अपडेट: दुई जनाकाे उद्धार गरियाे, अरुकाे के छ अवस्था ?


सोमबार, असोज १० २०७९
790
Shares

गोरखा । उत्तरी गोरखामा रहेको मनास्लु हिमालमा गएको हिम पहिरोबाट पुरिएका मध्ये २ जनाको उद्वार गरिएको छ ।

उद्वार गरिएका दुवै जनाको उपचारको लागि कैलाश हेलीकोप्टर मार्फत काठमाण्डौको करुणा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उद्धार गरिएका दुवै जनाको पहिचान भने खुल्न बाँकी रहेको गोरखाका एसपी केदार खनालले जानकारी दिए । उनिहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

हिमपहिरोमा परेर दावा शेर्पा, पुरित शेर्पा, निङमा दोर्जे शेपा, लाक्पा तामाङ र जितबहादुर शेर्पा बेपत्ता भएका थिए ।

हाल सिम्रिक एयरकाे हेलिकाेप्टर सामागाउँमा र माउण्टेन एयरकाे हेलिकाेप्टर मनासलुकाे एक नम्बर बेस क्याम्पमा तयारी अवस्थामा रहेकाे एसपी खनालले सिभिलखबरलाई जानकारी दिए । माैसममा पुन खराबी आएसंगै उद्धारमा समस्या भएकाे उनले बताएका छन् ।

तस्विर: साँकेतिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार