गाेरखा । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा एक जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढि घाइते भएका छन् ।
हिमपहिरोमा परी केही व्यक्ति घाइते भएकोले उद्धारका लागि सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा काठमाडौंबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् । मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइन् ।
अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौंबाट सामागाउँमा कैलाश एयरको एउटा हेलिकप्टर अवतरण भइसकेको मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले जानकारी दिइन् ।
सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । त्यस्तै इलिट एक्पिडिसनका सञ्चालकसमेत रहेका आरोही निर्मल पुर्जाले मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिएका छन् ।
गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।