
गोरखा। गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा एक जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढि घाइते भएका छन् ।
चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको प्रहरी चौकी सामागाउँले जानकारी दिएको छ ।
सोमबार अपरान्ह १२ बजे झरेको हिम पहिरो परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यू भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीले जानकारी दिए ।
चौथो शिविरमा अक्सिजन लगायतका आत्यावश्यकीय सामान पु¥याउन गएका इमेजिन नेपालका पाँचजना सहित १५ जना भन्दाबढि घाइते भएका उनले बताए । उनीहरुमध्य जीतबहादुर र निर्मा दोर्जेको गम्भीर घाइते छन् ।
घाइतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर तयारी अबस्थामा रहेका छन्, तर मौसम प्रतिकुलताका कारण उद्धार गर्न नसकिएको प्रहरी चौकी सामागाउँले जानकारी दिएको छ ।


