• सोमबार, साउन ११ २०८३

गोरखामा ‘लार्भा खोज र नष्ट गर’ अभियान


सोमबार, असोज १० २०७९
915
Shares

गोरखा । डेंगुका बिरामी बढ्दै गएपछि गोरखामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला समन्वय गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखा र स्वास्थ्य कार्यालय लगायत सरोकारकारवाला निकायले संयुक्त रुपमो लामखुट्टेको फुल, लार्भा खोजी खोजी नष्ट गरेका हुन् ।

अभियान कार्यक्रम अन्र्तगत टायर, झाडी, ड्रमका पानी भित्रका लार्भा र फुलहरु नष्ट गरिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । साथै चाडपर्वका समयमा विभिन्न प्रकारका महामारी जन्य रोगहरु फैलिन सक्ने भन्दै स्वास्थ्य संस्थाहरु तयारी अवस्थामा बस्न अनुरोध गरिएको छ ।

विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् । यसको लागि पूर्व सचेत दिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सूचना जारी गर्नुपर्ने निर्णय भएका छन् ।

साथै महामारी फैलिन नदिन स्वास्थ्य कार्यालयले स्थानिय तहहरु सँग समन्वय गर्नुपर्ने भएका छन् । एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ ।

विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ । दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

This image has an empty alt attribute; its file name is 308994326_130569123059430_7990854891037571102_n.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार