गोरखा । तेस्रो गोरखकाली मेलाको आज सातौ दिन बिभिन्न लोक तथा दोहोरीका कलाकार आउने हरमटारी क्लबले जनाएको छ ।
हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलामा आज सातौं दिन लोक दोहोरी गायक सागर आले, बिष्णर खत्री, रञ्जीत परियार, पिएन सापकोटा गायिका सम्झना लामिछाने मगर, निसा गुरुङको प्रस्तुति रहने क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।

मेलाको छैठौ दिन करिव २ हजार दर्शकहरुले मेलाको अवलोकन गर्न आउने छन । त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु अवलोकन , तिनका परिकारहरुको स्वाद लिन, बाल उद्यान र फेन्सि स्टलहरुमा कपडा कीन्न सक्छन ।
मेलाको छैठौ दिन बिभिन्न स्थानीए नृत्य तथा साँगीतिक कार्यक्रम हुने मेला संयोजक आशिष श्रेष्ठले जानकारी दिए। मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइन्छ ।
मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबको अध्यक्ष जिबन गुरुङले बताए ।


