
गोरखा। गोरखाको अजिरकोट गाँउपालिकामा दोस्रो दशै कप भलिबल प्रतियोगिता हुने भएको छ ।
बडा दशैको अवसरमा गाँउपालिकाले वडा नं. ४ स्थित गोगनपानी युवा क्लबको आयोजनामा असोज १४ गतेदेखि १६ गतेसम्म भलिबल प्रतियोगिता गर्न लागेको हो ।

‘गोगनपानी युवा क्लवको शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुद क्षेत्रको विकास गराउने हाम्रो अभियान’ भन्ने नारा सहित दोस्रो दशै कप भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका वरिष्ठ सल्लाहकार मोहन गुरुङले बताए ।
प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी १८ भन्दा बढी टिम सहभागी हुने उनले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितिय तथा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका बरिष्ठ सल्लाकार गुरुङले बताए ।



उनका अनुसार प्रथम, द्धितिय हुनेलाई क्रमश रु २५ हजार, रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडीलाई दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
‘भलिबल नेपालको राष्ट्रिय खेल भएतापनि जिल्लामा निकै कम मात्रामा भलिबल प्रतियोगिता हुने गर्द्छन् । ’उनले भने ‘स्थानीय स्तरमा हुने यस किसिमका प्रतियोगिताहरुले युवा खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रस्तुत गर्ने राम्रो स्थान हो ।’
प्रतियोगिता मार्फत अजिरकोट गाउँ पालिकाको पर्यटकिय एवं धार्मिक स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा राखेको क्लबका बरिस्ठ सल्लाहकार गुरुङले बताए ।
