• आइतबार, साउन २४ २०८३

हरित यातायात सम्बन्धि तिनदिने बहस सम्पन्न


सोमबार, असोज १० २०७९
1.3K
Shares

काठमाण्डौ । अटोमोबाइल एसोशियसन अफ नेपाल (नाडा) र युएसएआइडी क्लिन एयर को संयुक्त आयोजनामा सञ्चालित तिन दिने हरित यातायात बहस कार्यक्रम सम्पन्न भएको छ ।

अाइतवार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न उक्त सम्मेलनको तेस्रो दिन हरित यातायात सम्बन्धि नीतिगत र सुशासन बिषयमा चर्चा भएको थियो । उक्त अबसरमा यातायात ब्यबस्था बिभागका रामचन्द्र पौडेलले सरकारको हरित गुह यातायात प्रर्बधन अगाडी सारेको नीति तथा कार्यक्रम बारे जानकारी दिए ।

भने ब्यबसायी यमुना श्रेष्ठले ब्यापारीले ब्यहोर्नु परेको समस्या र चुनौतिबारे गुनासो राखेका थिए । श्रेष्ठले सडक परीक्षण प्रणाली सुरु गर्नुपर्नु, बिधुतिय गाडीको लागी चार्जर केन्द्र राखिनुपर्ने, बिधुतिय गाडीको लागी मापदण्ड निर्धारण गर्नुपर्नु , एबं सरकारी नितिहरु स्थायी प्रकृतिको हुनुपर्ने माग गरे ।

स्वहि अबसरका पत्रकार सागर गजुरेलले सरकारसङ्ग नियमन गर्ने क्षमता नभएको तर्क पारे । काठमाण्डौ उपत्यकामा बढ्दो बायुप्रदुषण न्युनिकरणमा हरित यातायात एक महत्वपुर्ण उपाय हुने कुरा युएसए आइडी क्लि एयरका प्रमुख भुषण तुलाधारले ब्यक्त गरे ।

उक्त अबसरमा भुटानी सरकारका प्रतिनिधि भुटान सरकारले हरित यातायातका लागि गरेकाे प्रयासबारे जानकारी दिएका थिए ।

उक्त अबसरका नेपालको यातायात निति पुनारावलोकन गर्नुृपर्ने, हरित यातायातको लागी पुर्बाधार बिकास गर्नुपर्ने, पुराना गाडीलाइ रुपान्तरण गर्नुपर्ने, उपभोक्तालाई सस्तो दरमा यातायात सेवा उपलब्ध हुनुपर्ने आम मानिसको लागी र्साबजनिक बस सुबिधा हुनुपर्ने, सार्बजनिक निजि साझेदारीमा हरीत यातायात प्रणाली स्थापना गरीनुपर्ने लगाएतका बिषयमा छलफल भएको युएसयआइडी ब्लिन एयरका प्राबिधिक सल्लाहाकार भोला भटराइले जानकारी दिए ।

उक्त तिनदिने छलफलको पहिलो दिन इभिको प्राबिधिक र प्रणाली, दोस्रो दिन इभिको बित्तिय ब्यबस्थापन र तेस्रो दिन नीति तथा सुशासनको बिषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार