• आइतबार, साउन २४ २०८३

बुङ्कोटमा ट्याक्सि र मोटरसाईकल एक आपसमा ठोक्किदा एक युवक घाइते


आइतबार, असोज ९ २०७९
1.1K
Shares

गोरखा । बुङ्कोटमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किदा एक युवक गम्भिर घाइते भएको छ ।

शहिद लखन ७ बुङकोटबाट गोरखा आउदै गरेको ग १ ज ७३६० न‌ काे ट्याक्सि र गोरखाबाट बुङकोट जादै गरेको प्रं-३-०२-००१ प ३२९ न‌ काे मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक सुजन बि क गम्भीर घाइते भएका हुन् ।

घाइते हुने बि क शहिद लखन ९ निवासी हुन । मोटरसाईकल चालक बिकको बाँया खुट्टामा गहिरो चोट लागी खुट्टा फ्याक्चर भएकोले गोरखा अस्पतालमा उपचार पश्चात आबश्यक समन्नवय गरी थप उपचारको लागी काठमाण्डौ अस्पताल पठाएकाे शहिद लखन ७ को वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

May be an image of 1 person and indoor

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार