• सोमबार, साउन ११ २०८३

थप ५१ जनामा कोरोना संक्रमण


आइतबार, असोज ९ २०७९
580
Shares

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको एक हजार २०६ पीसीआर परीक्षणमा ४० जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्य भएको छैन ।

त्यस्तै, थप १०० जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ८६ हजार ३३५ जना निको भएका छन् ।

नेपालमा हाल एक हजार २२३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार