• शुक्रबार, भाद्र २६ २०८३

शाहरूख खानको ‘जवान’ले प्रदर्शन अगावै कमायो २५० करोड


आइतबार, असोज ९ २०७९
835
Shares

बलिउड अभिनेता शाहरूख खान आगामी फिल्म ‘जवान’ लिएर चर्चामा छन्। सन् २०२३ मा उनको तीन वटा फिल्म प्रदर्शन हुँदैछ।

‘जवान’सँगै उनी अभिनित फिल्म ‘पठान’ र ‘डंकी’ प्रदर्शन हुनेछ। यी तीन वटै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने फिल्मकर्मीको अपेक्षा छ।

दक्षिण भारतीय चर्चित निर्देशक एटलीले निर्देशन गरेको फिल्म ‘जवान’मा शाहरूख एक्सन अवतारमा देखिनेछन्। फिल्मको टिजर सार्वजनिक भएसँगै माग बढ्दो छ। 

भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार फिल्मको ओटिटी र सेटलाइट्समा महंगो रकममा बिक्री भएको छ। यो फिल्मको सेटलाइट्स राइट जी-टिभीले किनेको छ भने नेट्फ्लिक्सले ओटिटी अधिकारी किनेको छ। फिल्मलाई जी-टिभी र नेटफ्लिक्सले २५० करोड भारतीय रुपैयाँमा किनेका हुन्।

२५० करोड भारुमा बिक्री भएसँगै फिल्म प्रदर्शन अगाडि नै नाफामा जान देखिएको छ। यो फिल्मको बजेट ३०० करोड रहेको बताइएको छ। 

रेड चिल्ली इन्टरटेन्मेन्ट ब्यानरबाट निर्माण भएको फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा र सान्या मल्होत्राको मुख्य भूमिका रहनेछ। उनीहरूसँगै सुनिल ग्रोवर र विजय सेतुपतिको पनि अभिनय रहनेछ। फिल्म हिन्दीबाहेक तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार